काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि आरिफ शेखले अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका लागि आरिफले ३९ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । आरिफले ५९ बल खेल्दै २ चौका प्रहार गरे ।