काठमाडौं । नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले मंगलबारदेखि यो प्याकेज उपलब्ध गराएको हो ।

रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ ।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2#  डायल गर्नुपर्ने छ ।