काठमाडौं । १७ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ। ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ। यस्तै नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दा अर्को आइतबार रुससँग खेल्नेछ।