काठमाण्डाै । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयतामा नेपालले सुधार गरेकाे छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार सार्वजनिक गरेकाे वरीयतामा नेपालले एक स्थान सुधार गरेकाे हाे ।
आईसीसीकाे एकदिवसीय वरीयताअनुसार नेपाल १५ औँ स्थानमा छ ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले वरीयतामा सुधार गरेकाे हाे ।