काठमाण्डाै । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब बसाकसेहिरमा रहेका थिए ।
३४ वर्षीय ओजिलले सामाजिक सञ्जालमार्फत् सन्यास लिएको घोषणा गरेका हुन् ।