काठमाडौं । एसिया कप छनोटको आधारको रुपमा रहेको एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ ।
नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
यस्तै समूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी मैदानमा हुनेछ ।







