काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।







