काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले समूह चरणको अन्तिम खेल खेल्दै छ।
समूह एमा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा आज कतारसँग त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजेबाट खेल्नेछ। समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।
नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो। यो समूहबाट ओमान सेमिफाइनलमा पुगिसकेको छ।







