काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा शनिबार नेपालले कुवेतसँग खेल्दैछ ।
समूह ए को विजेता नेपाल र समूह बी को उपजिजेता कुवेत पहिलो सेमिफाइनल खेलमा भिड्न लागेका हुन् ।
नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।
यो खेल जित्दै फाइनल यात्रा तय गर्ने दुबै टिमको तयारी हुनेछ ।







