काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा जारी खेलमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
दोस्रो सेमिफाइनल खेल पनि यूएई र ओमानबीच मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ ।







