काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेलहरू हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ ।

रङ्गशालामै हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको शनिबार वर्षाको कारण स्थगित भएको खेल दिउँसो ४ः३० बजे हुनेछ ।

एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच खेल दिउँसो ३ः३० बजे हुनेछ ।

एन्फा कम्प्लेक्समै सङ्कटा क्लब र जावलाखेल युथ क्लबबीचको बाँकी खेल हुनेछ । सङ्कटा र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।