काठमाडौं । एसीसी प्रिमियरको फाइनल खेलमा यूएईविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ ।

दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको स्थानमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।

आजको खेलमा यूएईलाई पराजित गरे नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।