काठमाडौं । एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिएपछि आज बाँकी खेल पुन आज हुदैछ ।
नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बिचको बाँकी खेल हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिएको थियो ।
हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।
मङ्गलवार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ।







