काठमाडौँ । पोडकास्ट अहिले सबैको मुखमा शब्द भैसकेको छ। विभिन्न क्षेत्रमा आबद्ध ब्यक्तिहरुको अनुभव ,प्रयास , योजनाहरुलाई आबाज अनि दृश्यको माध्यमबाट श्रोता समक्ष पुर्‍याउने प्रबिधिलाई हामी पोडकास्ट भन्ने गरेका छौ।

यहि प्रबिधिलाई पछ्याउँदै इन्जिनियरिङ्ग कुरा इन्जिनियरिङ्ग सङ्ग सम्बन्ध राख्ने ब्यक्तिहरुलाई सुनाउन बुझाउन अनि देखाउन मेराे ट्यालेन्ट डट कमले (Merotalent.com) ले इन्जिनियरको कथा नामक Engineering Podacast काे सुरूवात गरेको छ।

यसको मुल उदेश्य भनेको इन्जिनियरिङ्ग क्षेत्रमा केही सफलता हासिल गरिका सकेका ब्यक्ति, अन्य क्षेत्रमा सफल भएर प्रेरणाका स्रोत बनेका इन्जिनियरहरु ब्यक्ती र साथै इन्जिनियरका बिषय बन्न सक्ने कुराहरु आफ्नो कार्यक्रमको आधार रहेको कार्यक्रम प्रस्तोता ई.राजकुमार अधिकारी बताउनु हुन्छ ।

नेपालमा इन्जिनियरिङ्ग क्षेत्रका गतिबिधिलाई सबै माझ पुराउदै आउनु भएका ई.नवीन ओलिया यस कार्यक्रममा कन्टेन्ट क्रीयटरमा हुनुहुन्छ । उहाँ भन्नूहुन्छ शब्द , आवाज भन्दा अबको माग भिडियोमा रहेकाले हामिले मागअनुसार आफ्नो क्षेत्रको बिषय प्रस्तुत गर्न लागेका हौ।

हरेक हप्ता १ जना पाेडकास्ट लिने तयारिका साथ सुरु गरियको कार्यक्रम इन्जिनियरको कथा नामक युट्युव च्यानलबाट प्रसारण गरिने छ ।