काभ्रे को भकुण्डेबेसिमा आयोजना भएको दोश्रो ग्रामिण चलचित्र महोत्सवमा निर्देशक दयाराम घिमिरेको निर्माण निर्देशन रहेको डकुमेन्ट्रि हल्काराले उत्कृष्ट डकुमेन्ट्रिको अवार्ड जितेको छ ।
जहाँ सिनेमा घरहरु छैनन् त्यहा नेपाली फिल्मलाइ लगेर प्रर्दशन गरेर आयोजना गरिने ग्रामिण चलचित्र महोत्सव गरिदै आइएको छ । सेलिब्रेटी नेपालले आयोजना गर्दै आएको उक्त फेष्टिभलमा हल्काराको स्कृनिङ पनि गरिएको थियो ।


धरानको बिजयपुरमा जुनसुकै इभेन्टमा घरघर पुगेर निम्तो बाढ्ने एक व्यक्ति प्रफूल्ल भण्डारीको जिवनीमा आधारीत उक्त डकुमेन्ट्रिलाइ निर्देशक घिमिरे र हरि उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
आखै अडाडि हामिले देखिरहने बिभिन्न कथालाइ बृत्तचित्र तथा म्यूजिक भिडियोको कथा बनाएर निर्देशक घिमिरेले आफ्नो सिर्जनसिलता प्रस्तुत गरिरहेका छन् ।