एउटा जुत्ताको मुल्य कति होला ? एक हजार, दुई हजार, पाँच हजार, १० हजार वा ५० हजार पनि हो भन्नुहुनेछ तर ४२ लाखको जुत्ता छन् भन्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ ।
एप्पललाई धेरैले आइफोनका लागि चिन्छन् तर के तपाईलाई थाहा छ कि एप्पलले जुत्ता पनि बनाएको थियो, जुन अहिले ४२ लाख रुपैयाँमा लिलामी भएको छ ।
वास्तवमा यो कुरा सन् १९९० को हो । १९९० को दशकमा, एप्पलले आफ्ना कर्मचारीहरूका लागि जुत्ता बनायो, यद्यपि यी जुत्ताहरू कहिल्यै बिक्रीको लागि उपलब्ध थिएनन्। अब ३० वर्षपछि एप्पलको यो जुत्ता लिलामी भएको छ । एप्पलको जुत्ताको बोली करिब ४२ लाख रुपैयाँ छ ।
सन् १९९० मा नेशनल सेल्स कन्फरेन्समा एप्पलले आफ्ना कर्मचारीहरूलाई यी जुत्ताहरू दिएको थियो। लिलामी भएको एप्पलको जुत्ता सेतो रंगको छ र यसमा रेन्बो एप्पलको लोगो छ।
वास्तवमा, एप्पलले यी जुत्ताहरू आफैं डिजाइन गरेन, तर यसका लागि ओमेगा स्पोर्ट्ससँग साझेदारी गरेको थियो। पछि, एप्पलले होन्डा र ब्राउन जस्ता कम्पनीहरूलाई जुत्ताको ब्रान्डिङ पनि दियो। केही दिन अगाडि एप्पलको पहिलो आईफोन ६३ लाख रुपैयाँमा लिलामी भएको थियो ।
एजेन्सीकाे सहयाेगमा







