भारत । वर्षायाममा मानिसहरु प्रायः खोला, समुद्र तट वा झरनाको किनारमा मौसमको रमाइलो गर्ने गरेको देखिन्छ तर धेरै पटक जानीजानी वा नजानी यस्तो गल्ती गरिदिन्छ, जुन उनीहरुको ज्यानमा पर्न जान्छ ।

रिलको यो जमानामा आजकल धेरैजसोले लापरवाही देखाएर आफ्नो ज्यान जोखिममा राखेको देखिन्छ । सामाजिक सञ्जालमा दिनहुँ यस्ता धेरै भिडियोहरु देख्न पाइन्छ।

भर्खरै एउटा यस्तो हृदयविदारक भिडियो बाहिर आएको छ, जसलाई देखेर तपाईको खुट्टा मुनिको जमिन नै सर्छ । झरना वा खोलाको किनारमा रिलिङ्ग गर्दा वा सेल्फी खिच्दा जोखिम मोल्ने गल्ती गर्नेहरूका लागि यो ३३ सेकेन्डको भिडियो एउटा पाठभन्दा कम छैन।

यो भिडियो भारत कर्नाटकको कोल्लुरको हो, जहाँ एक व्यक्ति अरसीनागुंडी झरनामा पानीको बहावमा तैरिरहेको देखिन्छ। भिडियोमा एक व्यक्ति अगाडि पोज दिइरहेको देखिन्छ र उनको पछाडि अर्को व्यक्ति क्यामेराको साथ रिल बनाउँदैछ, तर त्यसपछि मात्र रिल भयानक दुर्घटनामा परिणत हुन्छ। गत आइतबार भएको यो दुर्घटनामा ढुंगामा उभिरहेका एक व्यक्तिको खुट्टा चिप्लिनेबित्तिकै पानीको बहावमा बगेको छ ।

हेर्नुहाेस भिडियाे