भारतको तेश्रो चन्द्रयान मिशन चन्द्रयान–३ तीव्र गतिमा आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको छ ।

यसैबीच भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रयान–३ को क्यामेराले खिचेको चन्द्रमाको तस्बिर फेरि सार्वजनिक गरेको छ ।

इसरोले ट्वीटरमा भनेको छ कि एउटा तस्बिर पृथ्वीको हो जुन प्रक्षेपणको एक दिन पछि ल्यान्डर क्यामेराले खिच्यो।

दोस्रो तस्बिर चन्द्रयान अन्तरिक्ष यान चन्द्रमाको कक्षमा प्रवेश गरेको एक दिनपछि अगस्त ६ मा लिइएको हो।