भारत । सामाजिक सञ्जालमा कहिले र के भाइरल हुन्छ भनेर कसैले अनुमान गर्न सक्दैन।
कसैले कारलाई हेलिकप्टर बनाउँछ, कहिले कसैले इँटाबाट कूलर बनाउँछ। अहिले यस्तै एउटा नयाँ जुगाड भिडियो भाइरल भइरहेको छ, जुन देखेर सबै छक्क परेका छन् ।
यो भिडियोमा भारतका एकजना व्यक्तिले जुगाडसँग एउटा यस्तो काम गरेका छन्, जसलाई सबैले मन पराइरहेका छन् र मानिसहरूलाई निकै उपयोगी पनि छन् । धेरै पटक यस्तो हुन्छ कि बाटोको बीचमा दुई पाङ्ग्रे वा चारपाङ्ग्रे गाडीको टायर बिग्रन्छ र त्यसपछि टायर ठीक नभएसम्म कुर्नु पर्ने हुन्छ। यस भिडियोमा एक व्यक्तिले खराब टायर बदलेर यस्तो कुरा लगाए कि गाडी बिना पाङ्ग्रा सडकमा दौडिन थाल्यो । तर यसले सडकलाइ क्षति गर्ने विज्ञहरू बताउछन ।
भाइरल भइरहेको यो भिडियोमा एक व्यक्तिले तीन पाङ्ग्राले मात्रै चारपाङ्ग्रे गाडी चलाएको देख्न सकिन्छ । यो ३० सेकेन्डको क्लिपमा तपाईले चार पाङ्ग्रे गाडीको टायर हराइरहेको देख्न सक्नुहुन्छ। अझै पनि सडकमा काठको टायर जडान भएकाले तीब्र गतिमा गाडी गुडिरहेको छ । यो जुगाडलाई धेरैले निकै रुचाइरहेका छन् ।
#jugaad for everything ….they do not teach this in any school !!! pic.twitter.com/XReYCjLI4z
— Rajesh Shah (@RajeshS48060660) August 7, 2023
यस जुगाडको विशेष कुरा यो हो कि गाडीको टायर बदल्नुको सट्टा यो आइडिया सोच्ने सबैको हैसियतमा हुँदैन । यो भिडियो @RajeshS48060660 मा ७ अगस्टमा सेयर गरिएको थियो। यो भिडियोको क्याप्सनमा लेखिएको छ- सबै कुराका लागि जुगाड…. यो कुनै पनि विद्यालयमा सिकाइँदैन !!! यो भिडियो हेरेर के भन्नुहुन्छ ? कमेन्ट गरेर भन्नुहोस् ।







