काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिएका छन् ।
उनले आइतबार मन्दिरमा प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् ।
२५ वर्षीय विमलले विवाहको तस्बिरहरू सामाजिक सञ्जाल फेसबुकमा पनि सेयर गरेका छन् ।
‘मेरो विगत, वर्तमान र भविष्य,’ फेसबुकमा उनले लेखेका छन्, ‘अनि, उनी मेरो अर्धाङ्गीनीभन्दा अरु कोही हुन सक्दैन ।’







