काठमाडौँ । नेपालमा चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द सामाजीक संजालबाट गायव भएकाे छ ।
भिक्टर पौडेलले फेसबुकमा एक पोस्ट राख्दै बोल्ड डिसिजन लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो ।
पेजमा ४० लाख फलोअर्स रहेका थिए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए ।
त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएकाे भोलिपल्ट रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गर्यो । आलोचनालाई डाइभर्ट गरिएकाे भन्दै साे पोस्ट विवादित समेत बनेको थियो ।







