यी रातो कमिलाहरूलाई ‘विश्वको सबैभन्दा आक्रमणकारी प्रजाति’ भनेर वर्णन गरिएको छ। यसअघि यी कमिलाहरू अन्य महाद्वीपमा मात्र सीमित थिए तर जलवायु परिवर्तनका कारण अहिले यी कमिलाहरू बेलायततर्फ तीव्र गतिमा सर्दै गएको बताइएको छ । वैज्ञानिकको यो चेतावनीपछि जताततै हलचल मच्चिएको छ ।

डेली स्टारको रिपोर्टका अनुसार यी रातो कमिलाहरू बेलायतमा आक्रमण गर्ने तयारीमा छन्। इटालीको सिसिली टापुको सिराक्यूज शहर नजिक ५ हेक्टरमा फैलिएको ८८ वटा रातो कमिलाको गुँड वैज्ञानिकहरूले पहिचान गरेका छन् । चाँडै नै रातो आगो कमिलाले लन्डन लगायतका प्रमुख सहरलाई आफ्नो कब्जामा लिन सक्ने बताइएको छ ।

स्पेनको इन्स्टिच्युट अफ इभोलुसनरी बायोलोजीका अध्ययन नेता रोजर भिल्लाका अनुसार यी डस्ने कमिलाहरूले युरोपको आधा शहरी क्षेत्र ओगट्न सक्छन्। यो रातो आगो कमिलाहरूले बार्सिलोना, रोम, लन्डन वा पेरिस जस्ता ठूला शहरहरूमा पनि असर गर्न सक्ने बताइएको छ, जसले मानिसहरूलाई धेरै समस्यामा पार्न सक्छ। जलवायु परिवर्तनका कारण अवस्था बिग्रन सक्ने अनुमान गरिएको छ ।

यो सबै विषयमा उनी भन्छन्, ‘त्यसैले अनियन्त्रित रूपमा फैलनुअघि नै रोकथामका उपाय अपनाउनुपर्छ । यस कमिलालाई यसको पीडादायी टाेकाइ र तिनीहरूको गुँडको विशिष्ट ढिस्कोका कारण पत्ता लगाउन सम्भव छ। तथापि, यो काम गर्न विशेषज्ञ आवश्यक हुनेछ।

एजेन्सीकाे सहयाेगमा