काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान बनाउन सके १५ लाख रुपैयाँ पुरस्कार दिने नोबेल मेडिकल कलेजले घोषणा गरेको छ ।
मंगलबार विराटनगरस्थित नोबेल मेडिकल कलेजले विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो ।
नेपाल घरेलु मैदानमा जारी छनोट प्रतियोगितामा सेमिफाइनल पुगिसकेको छ । सेमिफाइनल जित्न सके नेपाल विश्वकपका लागि छनोट हुनेछ ।








