काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’ मा नेपालकी मेनुका पौडेलले गाएको गीतकाे भिडियाे हालसम्म १८ लाख बढिले हेरेका छन ।
निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीत हिजाे रिलिज गरेको हो ।
पौडेलले केही दिनअघि यो गीत रेकर्ड गरेकी थिइन् । यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ । गीत सुन्दा मर्मस्पर्शी लाग्छ । गीतलाई रवि बसरुरले संगीतबद्ध गरेका हुन् भने रिया मुखर्जीको शब्द रचना छ ।







