काठमाडौं । गायक साम साहुको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘द सर्भेण्ट किङ‘ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। स्वयम् गायक साहुको संगीत रहेको यस भजन गीतलाई डेनिएल गदालले संगीत संयोजन गरेका हुन्। येशू ख्रीष्टले मानव जातिको निम्ति गरेको त्याग र बलिदानलाई भजन गीतमा व्यक्त गरिएको छ। गीतको शब्द गीतकार दिपक मोथेले लेखेका हुन्।

म्युजिकल फिल्मको रुपमा प्रस्तुत गरिएको भिडियोमा प्रेम सिलवाल, समिर घिमिरे, अनुज शर्मा लगायत अन्य कलाकारहरुको जीवन्त अभिनय देख्न सकिन्छ। येशू ख्रीष्टको समयको रहन – सहनलाई भिडियो सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। निहाल भण्डारीले छायाँकन गरेको भिडियोलाई विवस सुब्बाले सम्पादन गरेका हुन्। जोएल दर्नाल सहाएक निर्देशक रहेको भिडियोलाई डेनिएल गदालको निर्देशनमा तयार पारिएको हो।

भिडियो गीतकार मोथेको युट्युव च्यानल ‘दिपक मोथे‘ मार्फत सार्वजनिक गरिएको हो। हाल अमेरिकामा बस्दै आएका गीतकार मोथे लाइभ चर्चका पास्टर समेत हुन्। यसअघि उनको शब्दमा रहेको ‘मेरो गोठालो‘ लगायत अन्य थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।