काठमाडौं – गायिका रेणु चाम्लिङ र गायक सागर तामाङको सुमधुर स्वरमा सजिएको ‘ईलामे बजार‘ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा कुमार अविरलको शब्द, संगीत रहेको छ। गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन्।
भिडियोमा पुरन राई, नग्मा श्रेष्ठ र स्वयम् गायिका रेणु चाम्लिङ र गायक सागर तामाङ फिचर्ड छन्। थमन केसीले छायाँकन गरेको भिडियोलाई पुरन राईले सम्पादन गरेका हुन्। अमर सुनारको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘रेणु चाम्लिङ अफिसिएल‘ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसअघि गायिका चाम्लिङको ‘मनको राजा‘ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ।
