काठमाडौं – गायक मौसम गुरुङ र गायिका पूर्णकला बिसीको सुमधुर स्वरमा सजिएको लोकदोहरी गीत ‘पिरती छुटेको’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा दिपक अधिकारीको शब्द अनि संगीत रहेको छ। गीतलाई सागर बिरहीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा मुकुन्द भट्ट, साया भण्डारी, दीप बन्जारा र सोनिया बोहराको अभिनय रहेको छ। बिरेन्द्र भट्टले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘शुभदीप म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।