काठमाडौं – गायक पुष्पन प्रधानको सुमधुर स्वरमा सजिएको अटिजम पिडितहरुको आवाजलाई समेटेर तयार पारिएको हृदयस्पर्शी गीत ‘स्वीकारस्टुडियो साउण्ड मिलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। यस गीतमा शब्द नरेश प्रधानको रहेको छ भने संगीत र संगीत संयोजन हरि लम्सालको रहेको छ। यस गीतलाई महेश्वर मान भण्डारीले मिक्सिंग, मास्टरिङ्ग गरेका हुन्।

म्युजिक भिडियोमा खगेन्द्र लामिछाने, मेनुका प्रधान र बालकलाकार सुभम बर्तौलाको जिवन्त अभिनय रहेको छ। असू बस्नेतले छायाँकन गरेको यस गीतलाई लोकेश बज्राचार्यको निर्देशनमा तयार पारिएको हो। भिडियोमा पावका शर्माको कन्सेप्ट रहेको छ। फरक विधामा बनेको यस गीतले सामाजिक सचेतनामा परिवर्तन ल्याउन ठोस टेवा दिनेछ भन्ने बिश्वासका साथ यो गीत ल्याइएको, यस भिडियो प्रोजेक्टकि संयोजक गायिका बुनु श्रेष्ठले बताएकी छिन्।