काठमाडौं । प्रतिभाशाली युवा गायक बिबेक सुन्दासको सुमधुर स्वरमा सजिएको ख्रीष्टियन विवाह गीत ‘प्रार्थनाको उत्तर‘ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। प्रेम, विश्वास र भक्तिको सारलाई समेटेको यस गीतमा जोशुआ थामीको शब्द, संगीत रहेको छ। गीतलाई डेनिएल गदालले संगीत संयोजन गरेका हुन्।

निहाल भण्डारीले छायाँकन गरेको यस भिडियोलाई डेनिएल गदालको निर्देशनमा तयार पारिएको हो। गदालको निर्देशनमा, गीतको साथमा भिजुअलहरूले मार्मिक कथा बुनेको छ, जसमा प्रेमको सौन्दर्य र विवाहको पवित्रतालाई देखाइएको छ।

भिडियो गायक सुन्दासको युट्युव च्यानल ‘बिबेक सुन्दास‘ मार्फत सार्वजनिक गरिएको हो। यसअघि गायक सुन्दासको स्वरमा ‘हजारौ लाखौ’ लगायत अन्य थुप्रै आशिषमय भजन गीतहरु सार्वजनिक भैसकेका छन्।