काठमाडौं । हिजोआज अझ विवाह तथा विभिन्न उत्सवहरुमा फोटो तथा भिडियो खिच्ने प्रचलन व्यापक बढेको छ। स्टुडियो फोटोग्राफी भन्दा अन द स्पट हुने गरेका विवाह तथा विभिन्न उत्सवहरुका फोटो तथा भिडियो खिच्ने प्रचलन व्यापक बढेको हो।

युवा फोटोग्राफर रविन कटुवालको भनाईमा विवाह तथा विभिन्न उत्सवहरुमा फोटो खिच्ने प्रचलन हिजोआज व्यापक बृद्धि हुदैआएको छ। जसको कारण पर्व, उत्सव तथा लगनको बेला फोटोग्राफरहरुलाई भ्याइँनभ्याइँ नै हुने गरेको खुलासा फोटोग्राफर रविन कटुवालले गरेका छन्। उनका अनुसार, केही वर्ष पहिलेसम्म विवाहको दिनमा मात्रै फोटो खिच्ने फोटोग्राफरहरू अहिले एउटा विवाहका लागि ६ देखि ७ दिनसम्म व्यस्त हुने गरेका छन्।

हुन त लगन नभएको महिनामा विवाह हुन्न। तर, फोटो खिच्ने क्रम भने विवाहबाहेकको महिना वा समयमा पनि हुने फोटोग्राफर कटुवाल बताउँछन् । धेरै जसो विवाह, पास्नी तथा बेबीसावरमा फोटोग्राफर कटुवालले फोटोग्राफी गर्दैआएका छन्। पूर्वी नेपालको खोटाङ् जलेश्वरी–३ निवासी कटुवालले विसं.२०७५ सालदेखि निरन्तर फोटोग्राफी गर्दैआएको बताएका छन्।

अन्य समयमा पनि व्यक्तिगत तथा विभिन्न कार्यालय प्रयोजनका लागि फोटो खिच्दै आएका फोटोग्राफर कटुवाल फोटोग्राफीमा जिवन्तता दिने कार्यमा अहोरात्र लाग्दैआएका छन्। उनी फोटो बोल्नुपर्दछ भन्ने मान्यता राख्छन्। एउटा फोटो यानी तस्बीरले हजार शव्द बोल्ने भएको कारण फोटो बोल्ने तौरतरीकाको फोटोग्राफी गर्ने कार्यमा क्रियाशील बन्दैआएको कटुवाल भन्छन्। हाल स्काई इन्टरटेन्टमेन्ट प्रा.लि.संग आवद्ध उनी वल्र्डवाइड मिडिया प्रा.लि.,प्लानेट म्युजिक कंपनी लगायतवाट विशेष सम्मानवाट सम्मानित भैसकेका छन्।

सानैदेखि फोटोग्राफीमा रुचि राख्दै यसतर्फ आकर्षित बनेर आफूखुशी फोटो खिच्दै रमाउंदै उनले फोटोग्राफी गर्न थालेको करिब १० वर्ष भैसकेको छ। ५ वर्षयता उनी विवाहका लागि विशेष फोटो खिच्दै आएका छन् । केही वर्षयता हलिउड÷बलिउड फिल्मको प्रभाव नेपालमा बढ्दो छ । त्यसबाट प्रभावित भएर नै नेपालमा इन्गेजमेन्ट, मेहेन्दी र विवाहमा फोटो सुट हुन थालेको अनुभव उनको छ । उनी भन्छन्, ‘नेपालमा पहिला यस्तो प्रचलन थिएन। अहिले त विवाह पछि बेबी सावरसम्मको पनि फोटो सुट गर्न थालेको छ।’

त्यस्तै उनको दैनिकी विगत ५ वर्षदेखि विवाहमा फोटो तथा भिडियो खिचेरै बित्ने गरेको छ। फोटो खिच्नका लागि मात्रै उनी काठमाडौंवाट चितवन तथा विराटनगरसम्म पनि पुगेका छन्। तर, धेरैजसो काठमाडौंमा नै उनको व्यस्तता रहन्छ । एउटा विवाहमा १ दिनदेखि ५ दिनसम्म फोटो खिचेको अनुभव कटुवालको छ। त्यसको अलावा प्राकृतिक ल्याण्डस्केप फोटोग्राफी देखि कलाकार तथा मोडलसम्मका फोटोसुट गर्ने कार्य पनि उनले गर्दैआएको भनेका छन्।