काठमाडौं। लोकप्रिय गायिका अञ्जु पन्त र गायक वाङ छिरीङ भोटियाको सुमधुर स्वरमा सजिएको ‘जिन्दगी यो तिमी संगै‘ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। स्वयम् गायक भोटियाको शब्द र लय संकलनमा रहेको यस गीतलाई निम संगीतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायक भोटिया र रिना गुरुङको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

भिडियोमा गुरु भोटियाको छायाँकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ। मदन खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक भोटियाको युट्युव च्यानल ‘वाङ छिरीङ भोटिया‘ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक भोटियाको स्वरमा रहेको ‘बर्दिबासको घाम’, ‘झल्को’ लगायत म्युजिक भिडियोहरु दर्शक स्रोता माझ लोकप्रिय छन्।