काठमाडौं। विजय मगरकाे निर्देशनमा रहेकाे गीत सेवा झोर्ले को भिडिओ सार्वजनिक गरिएकाे छ ।

पोस्ड प्रोडक्सन दामी क्रिएसन रहेकाे यस गीतकाे शब्द पदम साधना कुलुङ र निर्देशक मगर तथा सङ्गीत र सङ्कलन निर्देशक मगरले नै गरेका हुन् ।

पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेन्जर मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन् ।

गीत माहोल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् ।

दिनेश माङ्मुको कोरियोग्राफी, एडिटर कलरिङको काम अर्जुन खड्काले गरेका छन् ।