काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गायिका सुपा खनालले ‘छमछमी‘ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। यस गीतमा गायक खुमन अधिकारीको समेत स्वर सुन्न सकिन्छ। गायिका खनालको शब्द रहेको यस गीतमा दिपक संगम बिसीको संगीत रहेको छ।
म्युजिक भिडियोमा जय किशन बस्नेत र सुवेच्छा थापाको अभिनय रहेको छ। राहुल राईले छायाँकन गरेको यस भिडियोलाई संजय लामा बलले सम्पादन गरेका हुन्। समर्ग्य केसीले निर्माण गरेको यस भिडियोलाई सुरेश पाण्डेको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो ‘सुपा खनाल अफिसिएल‘ युट्युव च्यानल मार्फत सावजनिक गरिएको हो।
