काठमाडौँ — आमाको अमूल्य माया र त्यागलाई समर्पित गर्दै “मैले पूज्ने देवता (…आमा…) गीत सार्वजनिक गरिएको छ। गीतमा आमाको समर्पण, स्नेह र जीवनभरीको योगदानलाई भावपूर्ण रूपमा प्रस्तुत गरिएको छ। संसारभरका आमाहरूको अथाह माया, त्याग र समर्पणलाई समर्पित गर्दै एक गहिरो भावनात्मक गीत “मैले पूज्ने देवता (…आमा…)” सार्वजनिक गरिएको छ

गीतमा शब्द रचना गीतकार राजु सुब्बाको रहेको छ भने संगीत संयोजन अज्निश राईले गरेका छन्। यस गीतलाई सुमधुर स्वरमा देराज लिम्बुले गाएका छन्। गीतको भिडियो अहिले ASALL TV यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

“मैले पूज्ने देवता (…आमा…)” केवल एक गीत मात्र होइन, यो संसारभरिका आमाहरूप्रति श्रद्धा, प्रेम र सम्मानको गहिरो भाव हो। गीतमा आमाको ममता, स्नेह, बलिदान र प्रेरणालाई सजीव चित्रण गरिएको छ, जसले हरेक दर्शक–श्रोताको मन छुन्छ ।

गीतको संगीत संयोजन मन छुने छ भने शब्दहरू गहिरो र मार्मिक छन्। यसले आमाको भूमिका र योगदानलाई नयाँ दृष्टिकोणले उजागर गर्ने प्रयास गरेको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

सृजनात्मकताको उच्च स्तरमा तयार पारिएको यो गीतले नेपाली गीत-संगीतको क्षेत्रमा आमाप्रति समर्पित भावनात्मक सिर्जनाको अभावलाई भरपर्दो योगदान दिने विश्वास लिइएको छ।

ASALL TV यूट्युब च्यानल मा गएर यो गीत हेर्न र सुन्न हेर्न सकिन्छ।