काठमाडौँ – गायक संकल्प श्रेष्ठको नयाँ गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत तथा स्वर स्वयम् गायक संकल्प श्रेष्ठको रहेको छ। भिडियोको निर्देशन निकोलस गुरुङले गरेका छन् भने भिडियोमा कलाकारहरू सागर थापा धुर्ब, मनिषा गुरुङ र रोहन नेपालीको दमदार अभिनय रहेको छ।

भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका छन् भने सम्पादन अनुप गुरुङले गरेका हुन्। कथा, पटकथा तथा सह-निर्देशन सैलेश त्साजनले सम्हालेका छन्।

चंगा प्रोडक्सनको प्रस्तुतीमा बनेको यो म्यूजिक भिडियोका निर्माता बिबेक गुरुङ हुन्। म्युजिक भिडियो गायक श्रेष्ठको युट्युब च्यानल ‘संकल्प श्रेष्ठ’ मार्फत रिलिज भएको हो। निर्माण टिमले म्युजिक भिडियो हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।