नेपाली वेब सिरिज ‘आशाकी किरण’ हालै सार्वजनिक गरिएको छ। सामाजिक यथार्थमा आधारित यो सिरिजले संघर्ष, आशा र नयाँ सुरुवातको कथा प्रस्तुत गर्दै दर्शकको मन छुने प्रयास गरेको छ।
सिरिजको निर्देशन सुधन धितालले गरेका छन् भने निर्माणमा पी.बी. थापा रहेका छन्। कथा तथा पटकथा ओकेश पनेरूले लेखेका हुन्।
छायाङ्कन रामकृष्ण चौलागाईले गरेका छन् भने सम्पादन सञ्जय लामा बलले गरेका छन्।
सिरिजमा सुपा खनाल, सुधन धिताल, समित रिजाल, ईश्वरी बराल, नरेश राग्मी, इअम्स्रन कोईराला, सिर्जना गदाल, दीपक सुनुवार, समिरा सुनुवार र अमृत चापागाईले मुख्य भूमिका निभाएका छन्।
निर्माण टोलीका अनुसार, ‘आशाकी किरण’ले समाजभित्रको पीडा, संघर्ष र त्यसबीच पनि बाँकी रहेको आशाको उज्यालो देखाउने प्रयास गरेको छ। भावनात्मक प्रस्तुति र वास्तविक जीवनसँग नजिक कथा भएकाले सिरिजले राम्रो प्रतिक्रिया पाइरहेको छ।









