काठमाडौं — पछिल्लो समयमा सार्वजनिक गरिएको गीत ‘बकवास माया’ ले दर्शक–श्रोतालाई गहिरो रूपमा छोएको छ। भावनात्मक प्रेम–विछोडको कथामा आधारित यो गीत युट्युबमा सार्वजनिक भएको केही समयमै ४ लाखभन्दा बढी भ्यूज पार गरेको छ।

यो गीतमा किरण भुजेलको सुमधुर आवाजले गीतलाई आत्मीय बनाएको छ। गीतको सङ्गीत पनि स्वयं किरण भुजेलले नै दिएका छन् भने शब्द लेखन सम्राट चौलागाईंले गरेका हुन्। गीतको एरेन्ज, मिक्स र मास्टरिङ दिनेश न्यौपानेले गरेका छन्।

भिडिओमा सुनील खनाल, मलाइका बस्नेत र अजय चौधरीको दमदार अभिनयले कथालाई जीवन्त बनाएको छ। उनीहरूले प्रस्तुत गरेको भावनात्मक प्रेमकथा दर्शकको मुटुमा छोएको छ।

भिडिओको छायांकन विशाल थापा र टिमले गरेका छन् भने सम्पादन र कलर ग्रेडिङ दिन्सन शाहले गरेका छन्। सम्पूर्ण भिडियोको निर्देशन पनि गायक किरण भुजेलले नै गरेका हुन्, जसले गीत र दृश्यलाई एकअर्कासँग मजबुत रूपमा जोड्न सफल भएका छन्।