काठमाडाैं । पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ ।सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा संघीयता नौलो कुरा नरहेको बताउनु भयो ।

उहाँले नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले सरकारसँग आफ्ना केही असन्तुष्टि रहेपनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताउनु भयो ।

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरु आगामी दिनमा समेट्दै लैजानुपर्ने बताउनु भयो ।