काठमाडौं । नेपाली यू– १७ महिला राष्ट्रिय फुटबल टोलीले आज रुससँग खेल्दै छ ।

बंगलादेशको ढाकामा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपालले रुससँग खेल्न लागेकाे हो ।

उक्त प्रतियोगित अन्तर्गत नेपालको यो तेस्रो खेल हो । यसअघि नेपालले दुई खेल खेलिसकेको छ । आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ४ – १ ले पराजित भएको थियो भने भूटानबिरुद्ध ५ – ० को जीत निकालेको थियो ।

आजको खेल नेपाली समय अनुसार बेलुकी ७ बजेदेखि हुनेछ । खेल बंगलादेशको बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने छ । नेपालले आफ्नो उपाधि लक्ष्यका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।