काठमाडौं । नेपाल क्रिकेट संघले घरेलु मैदानमा हुने एसीसी प्रिमियर कपका लागि २१ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ ।

घोषित टिममा यु–१९ टिमका कप्तान देव खनालले कमब्याक गरेका छन् ।

१० राष्ट्र सम्मिलित एसीसी प्रिमियर कप आउँदो अप्रिल १८ देखि मे १ सम्म नेपालमा हुँदै छ । यस प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा कुवेत, सिंगापुर बहराइन, यूएई र हङकङ छन् । विजेता टोली एसिया कपका लागि छनोट हुने छ ।