काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रनको योगफल तयार पारेको हाे ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ ।

नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ ।