काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।

हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।