काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।

रोहित शर्माको कप्तानीमा श्रीलंकामा एसिया कप खेलिरहेको टोलीका केहि खेलाडीबाहेक अन्यलाई समेटेर विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।

ब्याट्सम्यान तिलक वर्मा, बलर प्रसिद्ध कृष्णा र सञ्जु सामसनलाई विश्वकपका लागि घोषित टोलीमा समावेश गरिएको छैन ।

घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुल, हार्दिक पाण्डेया (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्सर पटेल, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज र कुलदिप यादव रहेका छन् ।

विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमै आयोजना हुँदैछ ।