काठमाडौ । एसिया कप क्रिकेट प्रतियोगिताको वर्षाले विथोलेपछि रिजर्भडेमा हुने भनिएको भारत र पाकिस्तानबीचको खेल सुरु भएकाे छ ।

आइतबार खेल वर्षाले विथोलेपछि सोमबार रिजर्भडेको व्यवस्थाअनुसार खेल हुने तय गरिएकाे थियो ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले २४ ओभर १ बल खेल्दा आइतबार वर्षा भएको थियो । त्यसपछि खेल सुरु हुन सकेन । आज सोही अवस्थाबाट खेल हुनेछ ।

ओभर पनि घटाइएको छैन । भारतले खेल रोकिँदा २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाइसकेको छ ।