काठमाडौं – गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र देबेश राईको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । साजन कटेलको निर्देशन रहेको यस गीतको भिडियोमा समिप ढकाल,बिशम्बर सिलवाल र रोहित सिंह ठाकुरको अभिनय रहेको छ ।

भिडियोमा रमेश पराजुलीको छायाँकन र राकेश दाहालको सम्पादन रहेको छ । भिडियो संगिताकार सरोज पोखरेलको युट्युव च्यानल ‘सरोज पोखरेल’ मार्फत सार्वजनिक गरिएको हो । गीतकार कोइराला डिजिटल प्लेटफर्महरू मार्फत नेपाली सिनेमा र संगीतलाई प्रवर्द्धन गर्ने कम्पनी नोभिस आर्ट्समा समेत कार्यरत छन्।