काठमाडौं – थारु भाषाको गीत ‘गोरी तोरे प्यारमे’ सार्वजानिक भएको छ । यो गीतको भिडियो ‘सेबिल इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल बाट सार्वजानिक गरिएको हो।
यस गितमा शब्द, संगीत सुनसरी जिल्ला बर्जु गा.पा. निवासी गायक बिवेक चौधरीले दिएका छन । गीतमा चर्चित गायिका अन्नु चौधरी र बिवेक चौधरीको सुमधुर आवाज साथै चिर परिचित म्युजिसियन सुरज श्रेष्ठ को एरेन्जमा गीत सजिएको छ र गितको रेकर्डिङ,मिक्सिङ,मास्टरिङ पनि सुरज श्रेष्ठले नै गरेका छन ।
भिडियोमा सेबिल इन्टरटेनमेनटका प्रबन्धक , वरिष्ठ कलाकार लोकेन्द्र राज चौधरी लगभग एक दशक पछि सबैको चाहानाले फेरि पनि थारु फिल्म क्षेत्रमा फर्किएका छन् र भिडियोमा पुर्वकी चर्चित मोडेल दिपिका चौधरीको समेत अभिनय रहेको छ । भिडियोलाई रजनिस चौधरीले निर्देशन गरेका हुन्।
चौधरीले यस गित मार्फत नेपालको हरेक युवा, हरेक गाऊको कथा समेटेका छन् । यस गीतको छायांकन् , इडिट, कलर भने रमेश चौधरीले गरेका हुन् । सुनसरी जिल्लाको बर्जु गा.पा. को बिभिन्न स्थानमा र झापाको सालबारी पार्कमा सो गीतको छायांकन गरिएको छ ।








