काठमाडौं – गायिका सुपा खनालको स्वरमा समावेश आधुनिक गीत ‘साथ कहिले छोड्ने छैन‘ सार्वजनिक भएको छ। प्रेम भाव बोकेको यस गीतलाई स्वयम् गायिका खनालले लेखेकी हुन्। गीतमा दीपक संगम बिसीको संगीत रहेको छ।

महफुज अन्सारीले छायाँकन गरेको गीतको भिडियोमा गायिका खनाल फिचर्ड छिन्। भिडियो स्टुडियो भर्सनमा उपलब्ध छ। भिडियो गायिका खनालकै युट्युव च्यानल ‘सुपा खनाल अफ़िसिएल‘ मार्फत सार्वजनिक गरिएको हो। यसअघि गायिका खनाल अभिनित ‘ठेकीमा मदानी’ दर्शक स्रोता माझ लोकप्रिय छ।