काठमाडौं – केहि महिना अघि ‘तिम्रो मिठो मायाले‘ बोलको म्युजिक भिडियो बाट चर्चा कमाएका गायक हर्क चाम्लिङले फेरि आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘जवानी लिलाम भो‘ गीतगीत सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

राजनीति भित्रको फोहरको कथामा आधारित रहेर म्युजिक भिडियो कथा तयार पारिएको छ। भिडियोमा दिक्पाल कार्की, जी.वी. चिरन, चिरन्जीवी सापकोटा, अस्मिता जुरेली, समीप निरौला, राज कुमार, गौरव हमाल, मनिसा लामा, जितेन्द्र रावल, आशा खत्री, अञ्जु गुरुङ र समिक्षा सानुको अभिनय रहेको छ।

राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् । देवी राई निर्मात्री रहेको यस म्युजिक भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक चाम्लिङको युट्युव च्यानल ‘हर्क चाम्लिङ अफिसिएल‘ मार्फत सार्वजनिक गरिएको हो। हाल अमेरिकामा बसोबास गर्दै आइरहेका गायक चाम्लिङले यस गीतलाई सुनेर, हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।