सभामुख अग्नि सापकोटाविरुद्धकाे मुद्दामा परेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको हो ।

यसअघि २०७६ फागुन ३० गते सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।