संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुचि रहेको छ ।

संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस हुने, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण भएको पत्र पनि पढेर सुनाउने सम्भावित कार्यसूचि रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ हिजो प्रमाणिकरण गर्नु भएको हो ।